You are viewing the translated version of बीमा सर्भेयरको इजाजतपत्र नवीकरण.

Section 48
बीमा सर्भेयरको इजाजतपत्र नवीकरण
(१) बीमा सर्भेयरको इजाजतपत्र नवीकरण गर्नको लागि बीमा सर्भेयरले इजाजतपत्रको अवधि समाप्त हुनुअगावै बीमा सर्भेयर भई कार्य गरेको बिवरण तथा कागजात संलग्न गरी प्राधिकरणमा निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको निवेदनसाथ अनुसूची- ७. बमोजिमको नवीकरण शुल्क प्राधिकरणले तोकेको खातामा जम्मा गरेको निस्सा समेत संलग्न गर्नु पर्नेछ।

(३) बीमा सर्भेयरले ऐनको दफा ९४ को उपदफा

(१) बमोजिमको अवधिभित्र नवीकरणको लागि . निवेदन नदिएमा अनुसूची-७ मा उल्लेख भए बमोजिम विलम्ब शुल्क तिरी नवीकरणको लागि निवेदन दिन सक्नेछ।